म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय

म्यानमार । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पु¥याउने कार्य गरेको आरोप लगाइएको छ ।
उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुबै मोडलहरूले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ ।
दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानूनअन्तर्गत मुद्दा चलाइएको र उनीहरूलाई पन्ध्र वर्ष जेल सजाय सुनाइएको छ ।
सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरजनपूर्ण सामाग्रीमा सेन्सर लगाएको छ ।
वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानि पु¥याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया