एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिम

आइ.एम.ई लाईफ इन्स्योरेन्स स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । आई .एम .ई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो । त्यस्तै उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, ईटहरी, धरान, मिर्चैया, बीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा , राप्ती सोनारी, भैरहवा, नेपालगन्ज,, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुर्नबास, महेन्द्रनगर लगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्धारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताउनु भयो । पाँचौ वर्ष वर्ष पुरा गरेको अवसरमा कम्पनीले शुक्रवार सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ५ सय ७१ जनाले रक्तदान गरेका थिए ।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया