सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु
काठमाडौँ । इथियोपियाली सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् ।
स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी सञ्चार सेवा राज्यमन्त्री सेलामाविट कासाले शनिबार भने, ‘जुलाई २३–२९ भएको सुरक्षा कारबाहीमा ३३३ संदिग्ध विद्रोहीको मृत्यु भएको र ६७१ नेता तथा कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।’
कासाले सैन्य परिचालनको क्रममा उनीहरूबाट ठूलो पैमानामा बन्दुक तथा रेडियो सञ्चार प्रणाली जफत गरिएको बताए । विद्रोही समूहले आपूर्ति भण्डारण गर्न प्रयोग गरिरहेका ६९ वटा गोदाम पनि नष्ट गरेको इथियोपियाली सुरक्षा फौजले बताएको छ ।
ओला पूर्व विद्रोही समूह, ओरोमो लिबरेसन फ्रन्ट (ओएलएफ)को विखण्डनकारी सशस्त्र गुट हो । सन् २०२१ को मे महिनामा इथियोपियाली संसदले ओलालाई आतंकवादी समूहको रूपमा नामकरण गर्ने प्रस्तावलाई बहुमतबाट पारित गरेको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया