सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु
काठमाडौँ । इथियोपियाली सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् ।
स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी सञ्चार सेवा राज्यमन्त्री सेलामाविट कासाले शनिबार भने, ‘जुलाई २३–२९ भएको सुरक्षा कारबाहीमा ३३३ संदिग्ध विद्रोहीको मृत्यु भएको र ६७१ नेता तथा कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।’
कासाले सैन्य परिचालनको क्रममा उनीहरूबाट ठूलो पैमानामा बन्दुक तथा रेडियो सञ्चार प्रणाली जफत गरिएको बताए । विद्रोही समूहले आपूर्ति भण्डारण गर्न प्रयोग गरिरहेका ६९ वटा गोदाम पनि नष्ट गरेको इथियोपियाली सुरक्षा फौजले बताएको छ ।
ओला पूर्व विद्रोही समूह, ओरोमो लिबरेसन फ्रन्ट (ओएलएफ)को विखण्डनकारी सशस्त्र गुट हो । सन् २०२१ को मे महिनामा इथियोपियाली संसदले ओलालाई आतंकवादी समूहको रूपमा नामकरण गर्ने प्रस्तावलाई बहुमतबाट पारित गरेको थियो ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया