रामकुमारी झाँक्रीको आकस्मिक पत्रकार सम्मेलन: राजनीतिक प्रश्न नगर्न गरिन आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नो कार्याकालमा गज्जबको काम गरेको सन्दर्भ कोट्याउँदै ७०.१३ प्रतिशत सफलता हासिल गरेको बताएकी छिन् । सोमबार आज आकस्मिक पत्रकार सम्मेलन डाकेकी झाँक्रीले पत्रकारलाई राजनिति प्रश्न नगर्न आग्रह गरेकी थिईन् । उक्त पत्रकार सम्मेलनमा पत्रकार उल्लेख्य संख्यामा उपस्थित भएका थिए ।
झाँक्रीले आफ्नो सम्बोधनको सुरुमा सञ्चारमाध्यममा राजनीतिक समाचारहरु प्रशस्तै फलोअप हुने गरेको तर पूर्वाधारसँग सम्बन्धित समाचारहरुको फलोअप राम्रो नहुने गरेको गुनासो गरिन् । आफू मन्त्री बन्दा सुरु गरेका कामहरुको फलोअप गरिदिनुपर्यो भन्ने उनको मुख्य आशय देखियो ।
‘पूर्वाधारका इस्यूहरु एकदमै कम फलोअप भएको देखिन्छ । शहरी पूर्वाधारभित्र यति धेरै इस्यूहरु छन् । तर, फलोअप भएको छैन’, उनले भनिन् ।
पत्रकार सम्मेलनभरि उनले शहरी पूर्वाधारसँग सम्बन्धित सैद्धान्तिक विषयहरुमा कुराकानी गरिन् । पूर्वाधार विकासका कामहरुलाई कसरी प्रभावकारी तुल्याउन सकिन्छ भन्ने आफ्नो अवधारणा उनले प्रस्तुत गरिन् । आयोजनाको छनोट, तयारी तथा प्रक्रियागत कुराहरुमा राम्रो ध्यान नदिइनाले धेरै आयोजनाहरु विफल हुने गरेको झाँक्रीको टिप्पणी थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया