प्रतिनिधिसभा निर्वाचन
यस्ता छन् रामचन्द्र पौडेलको तीन विकल्प
पहिलो रोजाई तनहुँ-१, दोस्रोमा चितवन-२ र तेस्रोमा गठबन्धनको बलमा राष्ट्रपतिको उम्मेदवार बन्ने

काठमाडौँ । सरकारले चुनावको मिति घोषणा गरेसँगै नेताहरूलाई चुनावी माहोलले छोएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलले प्रतिनिधिसभादेखि प्रदेशसभाको चुनावसम्म तालमेल गरेर जाने औपचारिक निर्णय गरेपछि यी दलहरूका बीचमा सिट बाँडफाँट कसरी हुन्छ ? अहिले सबैको चासो छ ।
सिट बाँडफाँटको नीतिगत मापदण्ड बनाउन गठबन्धन दलले पार्टीका दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल बनाएकाे छ । उक्त कार्यदलले आआफ्नो पार्टीमा सरसर्ती एक चरण अनौपचारिक छलफल गरेर पहिलोपटक बालुवाटारमा औपचापरिक छलफल गरेको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई सत्ता गठबन्धन कार्यादलको संयोजक तोकेको छ ।
सिट बाँडफाँटको आधार के कसरी बनाउने भन्नेमा दलहरूको आआफ्ना दाबी भने कायमै रहेको छ । त्यही दाबीका बीच केही नेताहरू सिट कसरी सुरक्षित गराउन सकिन्छ ? भन्नेमा पनि नेताहरूको चासो देखाएका छन् ।
गठबन्धनका अन्य दलका नेताहरूले सिट बाँडफाँटमा जुन मापदण्ड बनाउन चाहिरहेका छन्, त्यसले गठबन्धनका कडा पक्षधर उनै पौडेललाई छेकबार लगाउने देखिन्छ ।
यसमध्येका एक हुन्– कांग्रेसका नेता रामचन्द्र पौडेल । उनी गठबन्धनको पक्षमा शुरुदेखि सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका नेतामा पर्छन् । कुनै समय आफूसँगै रहेका र महाधिवेशनबाट सम्बन्धमा चिसोपना देखिएका नेता शेखर कोइराला पक्षका नेताहरूले स्थानीय तहदेखि नै गठबन्धनको विपक्षमा मत राखिरहँदा देउवालाई पौडेलले काँध थापेर सहयोग गरेका थिए ।
तर, कांग्रेसबाहेकका गठबन्धनका अन्य दलका नेताहरूले सिट बाँडफाँटमा जुन मापदण्ड बनाउन चाहिरहेका छन्, त्यसले गठबन्धनका कडा पक्षधर उनै पौडेललाई छेकबार लगाउने देखिन्छ । त्यसमा कांग्रेस कति सहमत हुन्छ ? अहिले भन्न सकिने अवस्था छैन ।
अहिलेसम्म कांग्रेसले गठबन्धन दलमा रहेका अन्य दलले बनाउन खोजेको सिट बाँडफाँटको मापदण्डलाई मान्ने देखिएको छैन । यदि, यस्तो भएको खण्डमा कांग्रेसका नेता पौडेलसहित केही नेताहरू नै उम्मेदवार हुनबाट बञ्चित हुनु पर्ने अवस्था आउने भएको छ ।
कांग्रेसले स्थानीय तहमा आएको मत परिणामलाई आधार बनाएर नयाँ विधि र मापदण्ड बनाएर कम्तिमा ९५-१०० सिट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको दाबी नछाड्ने बताइरहेको छ । तर, कांग्रेसको प्रस्तावमा गठबन्धनकै अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत सहमत हुने अवस्था छैन ।
०७४ मा प्रत्यक्षतर्फ कांग्रेसले २३ र माओवादीले ३७ सिटमा प्रत्यक्षतर्फ जितेको थियो । एकीकृत समाजवादीसँग १३, जनता समाजवादी पार्टीसँग १३ र राष्ट्रिय जनमोर्चासँग १ जना प्रत्यक्षतर्फ जितेका सांसद छन् ।
कांग्रेसबाहेकका गठबन्धनका दलहरू स्थानीय तहमा जस्तै पहिले २०७४ सालको आम चुनावमा जसले जहाँ-जहाँ जिते त्यही क्षेत्रमा उनै पार्टीलाई टिकट छोड्ने र बाँकी एमालेले जितेको स्थानमा मात्र गठबन्धन दलबीच भागबण्डा गरेर जान सकिने प्रस्तावमा छन् ।
०७४ मा प्रत्यक्षतर्फ कांग्रेसले २३ र माओवादीले एक स्वतन्त्रसहित ३७ सिटमा प्रत्यक्षतर्फ जितेको थियो । माओवादीका ३६ जनामध्ये चार जना एमालेमा छन् । सत्ता गठनबन्धनमा रहेका एकीकृत समाजवादीसँग १३, जनता समाजवादी पार्टीसँग १३ र राष्ट्रिय जनमोर्चासँग १ जना प्रत्यक्षतर्फ जितेका सांसद छन् ।
यसो हुँदा एमाले र अन्य दलले जितेका सिटमा मात्र भागबण्डा लगाउनु पर्नेमा अन्य दलहरू छन् । त्यसो भएमा कांग्रेसका रामचन्द्र पौडेललगायतका केही शीर्ष नेताहरूको टिकट कहाँ हुन्छ ? भन्ने प्रश्न उठ्ने भएको छ । पौडेलको निर्वाचन क्षेत्र तनहुँमा गत चुनावमा हाल एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसन)ले चुनाव जितेका थिए । यदि, पहिले जितेकालाई कायम राख्दै अन्यले जितेकाको भागबण्डा लगाउने निर्णयमा गठबन्धन दल पुगे श्रेष्ठले चुनाव लड्ने दाबी गर्दा पौडेलको तनहुँ क्षेत्र नम्बर १ को टिकटमा स्वत: खारेज हुने छ । अर्थात पौडेलको तनहुँको निर्वाचन क्षेत्र गुम्ने छ ।
नेता पौडेलको भित्री चाहना राष्ट्रपति बन्ने छ । उनी यही गठबन्धनको बलमा आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाओस् भन्ने चाहन्छन् ।
हुन त पौडेललाई गठबन्धनको मापदण्ड मात्र होइन, विगतमा कांग्रेसमै रहेका र अहिले स्वतन्त्र कांग्रेसका रुपमा एमालेसँग चुनावी तालमेल गरेर निर्वाचन लड्न खोजिरहेका गोविन्दराज जोशी पनि चुनौती बन्ने देखिएका छन् । त्यसमा पौडेलले चुनाव लड्ने सोच बनाइरहेको तनहुँ १ बाटै चुनाव लड्ने अर्का कांग्रेस नेता शंकर भण्डारीको लविङ तीव्र छ । भण्डारी यसअगाडिको चुनावमा तनहुँ-२ मा चुनाव लडेका थिए । तर, उनको रहर तनहुँ-१ हो । भण्डारीले तनहुँ-१ मा चुनाव लडे २ मा प्रदीप पौडेलले उठ्ने इच्छा देखाएका छन् ।
नेता पौडेलको भित्री चाहना राष्ट्रपति बन्ने छ । उनी यही गठबन्धनको बलमा आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाओस् भन्ने चाहन्छन् । तर, उनले यो कुरामा मुख खोल्न चाहेका छैनन् । गठबन्धनभित्रै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि राष्ट्रपति पद खोजिरहेका छन् । एमालेले उनलाई त्यस्तो आश्वासन दिएर एमालेतिरै फर्काउन सक्ने चर्चा पनि चलेको छ ।
यस्तोमा पौडेल आफ्ना लागि कुन उपयुक्त हुन सक्छ ? भन्नेमा अहिले हिसाब किताब गरिरहेको उनी निकट नेताहरूको भनाइ छ । पौडेलको पहिलो विकल्प तनहुँ-१ नै छ । तर गठबन्धनका नेताहरू र आफूविरुद्ध लागिरहेका गोविन्दराजसम्मका क्रियाकलापमा पौडेल हिसाब गरिरहेका छन् ।
उनले तनहुँ नजित्ने अवस्था बनेमा चितवन-२ लाई दोस्रो विकल्पमा राखेका छन् । यहाँ कहिलेकाहीँ पुगेर कांग्रेसका कार्यक्रममा सहभागिता जनाइरहेका छन् । चितवन कांग्रेसमा पौडेल पक्षका नेताहरू बढी नै हाबी छन् । पौडेलका आफ्नै दाजुभाइ लगायतका अन्य आफन्तहरू पनि चितवन-२ मा बसोबास गर्दै आएका छन् ।
स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय कार्यान्वयन गराउन र मेयरकी उम्मेदवार रेनु दाहाललाई जिताउन श्रेष्ठ आफै चिवतन पुगेर खटेका थिए ।
गत चुनावमा चितवन-२ बाट २०७४ मा वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल विजयी भएका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले जम्मा २७ हजार ३१४ मत पाएका थिए ।
चितवन-२ मा भरतपुर महानगरपालिकाका १० वटा वडा (१, २, ३, ४, ५, ७, १०, ११, १२ र २९), कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । गत स्थानीय निर्वाचनमा कालिका र इच्छाकामनामा एमाले विजयी भएको थियो । यस्तै, भरतपुरका १, २, ४, ५, १० र २९ मा कांग्रेस, वडाहरू ३, ११ र १२ मा एमाले तथा ७ नम्बर वडामा एकीकृत समाजवादी विजयी भएका थिए । स्थानीय निर्वाचनमा वडा तहमा पनि गठबन्धन भएको थियो ।
चितवन-२ मा नेता पौडेलका अलावा कांग्रेसबाट प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको चर्चा उत्तिकै छ । स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय कार्यान्वयन गराउन र मेयरकी उम्मेदवार रेनु दाहाललाई जिताउन श्रेष्ठ आफै चिवतन पुगेर खटेका थिए ।
यो क्षेत्रमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठसमेत आकांक्षी छन् । बाहिरबाट हेभिवेट उम्मेदवार नभित्रिए यी दुईमध्ये एक जना उम्मेदवार बन्न कांग्रेसले जनाएको छ ।
एमालेबाट चितवन-२ मा कृष्णभक्त पोखरेल र देवी ज्ञवालीमध्ये एकलाई उम्मेदवार बनाउन सक्ने बताइएको छ । पोखरेल बहालवाला सांसद हुन् । ज्ञवाली पार्टीको पोलिटब्युरो सदस्य हुन् ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया