भातृसंस्थाहरुलाई पुर्णता दिने पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न माग गदै नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विधार्थी संघ ( नेविसंघ) ले बैधानिक पुर्णताकाको माग गदै प्रदर्शन गरेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा शेखर कोइराला पक्षधर बिधार्थी नेताहरुले प्रदर्शन गरेका हुन् ।
साउन मसान्त भित्र रिक्त रहेका भातृसंस्था गठन गर्ने र पुर्णता दिन बाकि रहेका भातृसंस्थाहरुलाई पुर्णता दिने पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नु पर्ने भन्दै दवाव स्वरुप प्रदर्शन गरिएको विधार्थी नेता दिनेश शाहीले बताए ।
पार्टी केन्द्रीय समितिको निर्णयनै कार्यान्वयन नहुने आशंका उब्जिएको उनले बताए । तत्काल नेपाल विधार्थी संघलाई बिधानसम्मत पुर्णता दिनु दिनुपर्ने विषयमा नेताहरुलाई ध्यानाकर्षण गराउन प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता भुवा भट्टले बताए ।
साउन मसान्त आउन अब मात्र नौं दिन बाँकी छ । ‘पार्टिभित्र भातृसंगठनको गठन र पुर्णताका लागि कुनै छलफल छैन् ।
विद्यार्थी नेता भट्टले भने,’तत्काल शेखर कोइराला पक्षसँग छलफल गरी न्यायपुर्ण प्रतिनिधित्व हुनेगरी भातृसंगठनहरुको गठन र पुर्णता गर्न हामिले माग गरेका छौ । हाम्रो प्रदर्शन साउन मसान्तसम्म नै जारी रहनेछ ।’
















साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया