बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु
मेरोन्यूज
२०७९ साउन २४ गते २०:२५
काठमाडौँ । बुटवलमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ ।
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले आज बुटवलको वडा नं १७ बाट नापजाँचको उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न सुरु गरिएको बताए । प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइने उनको भनाइ छ ।
उनले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न पनि आग्रह गरे । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बुटवल उपमहानगरको सहकार्य र समन्वयले बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको बताए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया