ज्ञानेन्द्रलाई समेट्दै केन्याविरुद्ध नेपाली टिम घोषणा
मेरोन्यूज
२०७९ साउन २४ गते २१:०७

काठमाडौँ । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँग हुने पाँच टी २० र तीन एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने नेपाली टोली घोषणा गरेको छ । १६ सदस्यीय टोलीमा ज्ञानेन्द्रले पुनरागमन गरिएको छ ।
टोलीको कप्तानी भने सन्दीप लामिछानेले गर्ने छन् । यस्तै, उपकप्तान रोहितकुमार पौडेल छन् । केन्यामा हुने शृंखला २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुने छ । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले सुरुवातमा टी २० शृंखला खेल्ने छ ।
जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुने छ । क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो ।

सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया