आई लिग छनोट खेल्न दीपा न्यौपाने भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन् ।
भारतीय आई लिग छनोटका लागि दिपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले बिदाइ गर्यो ।
सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसकेकी छिन् । उनले भारतको गोकुलम केरलाबाट खेल्नेछिन् । उक्त प्रतियोगितामा सावित्राको टिम गोकुलम, दिपाको टिम डनबोस्को केरला ब्लास्टर र केरला युनाइटेडले छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सावित्राले यसअघि सन् २०१९ मा सेथु र २०२१(२२ मा गोकुलमबाट ‘इन्डियन वुमेन्स लिग’ खेलेर उपाधि जिताइसकेकी छन् । दीपाले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेकी हुन् । आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरला र केरला युनाइटेड तथा बिहीबार डन बोस्कोले लड्स पीआरविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।









स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
जापानमा बेरोजगारी दर २.६ प्रतिशत
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया