स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा। राजेश संभाजीराव पाण्डवविच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ ।
सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु ।
आगामी दिनमा पनि सहयोग प्राप्त हुनेनैछ भन्नेमा विश्वस्त छु ।’ उनले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरे । पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिवद्ध भइरहेको लागिरहेको बताए ।
उनले भने, ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर काम गरिरहेका छौं । नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ, समन्वय गरेर अघि बढौं । ’ विश्वस्वास्थ्य संगठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताए । सो क्रममा विश्व स्वास्थ्य संगठनका नेपालका डा।वीनोद गुप्ताको पनि उपस्थित रहेको थियो ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया