लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन: छोरा, ज्वाँइ र सालालाई नियुक्ति !

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनतः रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारी भयवित बनेका छन् ।
नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको निर्णयले साउनदेखि कार्यालय पूर्णत चल्न सकेको छैन । करारका कर्मचारीहरुलाई बिना कुनै कारण निकाल्ने, कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न पदमा स्वार्थका नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित हुन पुगेको उपप्रमुख कल्पना हरिजनले बताइन् ।
नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेका छन् । नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमित्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरका थिए । निमित्त प्रमुख रचना पाण्डेयले कानुन सम्बत नभएको भने पछि र प्रमुख प्रशासकीय अधिकृतले भने अनुसार नगरेको कारण उनलाई पनि वडा सचिवमा सरुवा गरेका छन् ।
कार्यपालिकामा निर्णय नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।

यति मात्र होइन वडा अध्यक्ष र विद्यालयलाई जानकारी नै नगराई सरुवा पत्र आएपछि नगरपालिकाको वडा नम्बर ९ मा रहेको जग्गा १६ कठ्ठा १० धु्र विद्यालयको नाममा सिफारिस गर्न लागेको, स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा सरुवा गरेको, नगर प्रमुखको छोरालाई अहेब र ज्वाँइलाई सहायक सब इन्जिनियर त्यस्तै आफ्नै नातामा सालो पर्नेलाई कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएको उपाध्यक्ष हरिजनले आरोप लगाइन् ।
‘हाम्रो माग सबै कुरा कार्यपालिका बोर्डमा आएर प्रस्ताव पेस भएर जानु पर्छ । प्रक्रियागत रुपमा दक्ष कर्मचारी नियुक्त हुनु पर्छ, पु्राना कर्मचारीलाई बिन कारण स्पष्टीकारण बिना निकल्न नमिलने उनले भनिन् । नयाँ नियुक्तिमा मेरो आपत्ति छैन तर कम्प्युटर खोल्न नजान्नेलाईलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेर नगरपालिकाको विकास कसरी होला’ उनले प्रश्न गरिन् ।
साउन १ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृतको साउन १५ मा सरुवा पत्र आएको र अहिले पनि हाजिर नभई रातिमा कार्यालय खोलेर गलत निर्णय एकलौटी रुपमा गर्दै आएको आरोप लागेको छ । साउन २० गते नै अधिकृत स्तरका कर्मचारीलाई आफू अनुकुल काम नगरेको भन्दै वडा सचिवमा सरुवा पठाएका छन् । छलफल भइसकेका विभिनन जिम्मेवार शाखाका सिलिङ बजेटलाई नै रातो किताबमा छाप्नु पहिलै नै घटाएर आफू अनुकुल शीर्षकमा ल्याएको उपाध्यक्ष तथा कर्मचारीहरुको आरोप छ ।
नगरपालिकाले पुराना सेवा करारका ९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तसहित ११ जनालाई नियुक्ति दिलाएका छन्।
कार्यपालिका बैठकको निर्णय बिना कर्मचारीलाई हटाएर मेयर र कार्यकारीले गलत गरेको उनको आरोप छ ।
नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । ‘हामीलाई काम गर्न सहज बतावरण नभएपछि हामी सबै शाखाका कर्मचारीहरुले पनि ध्यानाकर्षण गराएका छौ’ उनले भने ।
वडामा सचिव नभएका कारण काम प्रभावित नहोस् भन्नका लागि सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रतिक्रिया दिए । ‘भएकै जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि यो निर्णय गरेको हो, यो आवश्यकता अनुसार भएको छ, कुनै प्रतिशोधले होइन’, उनले भने । विवादका विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख सजरुद्दिन मुसलमान बोल्न चाहेनन् ।
जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना हुँदा यस्को प्रत्यक्ष मारमा नगरवासी परेका छन् ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
माधव नेपाल अस्पताल भर्ना
प्रतिक्रिया