श्रीलंकामा विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि
मेरोन्यूज
२०७९ साउन २६ गते १५:४१

काठमाडौँ । श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताका लागि केही मात्रै वृद्धि हुने भएको छ ।
घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क तोकेको हो । बोर्डले नौ वर्षमा पहिलोपटक उच्च वृद्धि गरेको हो ।
सीईबीले आठ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो । तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको समाचारमा जनाइएको छ ।
शुल्क वृद्धिले ७.८ मिलियन घर परिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाई सबैभन्दा बढी प्रभावित हुने छन् । ठूला उपभोक्ताले करिब ८० प्रतिशत बढी तिर्ने छन् ।
सम्बन्धित
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया