शनिबार, वैशाख २६, २०८३

मिटरब्याजीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन, गृहमन्त्रीले बनाए कार्यदल

मेरोन्यूज २०७९ साउन २७ गते १४:४९

काठमाडौँ । मिटरब्याजका पीडितहरूले आन्दोलन गरेसँग सरकारले त्यससम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी अपराधको समाधान र पीडकलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

Advertisement
NiccNicc

प्रधानमन्त्री देउवाले मिटरब्याजीको अपराध समाधन गर्न उपायहरू पहिचान गरी अपराधीलाई कानुनी कारबाहीमा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिनसमेत निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री खाँणले मन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समेन निर्देशन दिएको छ ।

प्रतिक्रिया