विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

काठमाडौँ । अफगानिस्तानको काबुलमा बिहीबार भएको बम विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्ला हप्तामा शृङ्खलाबद्ध विस्फोट भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल ए सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोट भएका छन् ।
अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल ए सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए ।
अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ ।
यसमा परी १२० भन्दा बढी व्यक्तिको मृत्यु र घाइते भएका छन् । विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्र सङ्घीय कार्यालयले अल्पसंख्यकका लागि थप सुरक्षाको आग्रह गरेको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया