पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग

मुम्बई । अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ ।
मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ । यो फिल्मको वितरक पेरामाउन्ट पिक्चर्स हो । जसका फिल्म पाकिस्तानमा पनि रिलिज हुन्छन् ।
तर, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन र सिन्ध बोर्ड अफ फिल्म सर्टिफिकेसनले भने आमिरको फिल्मलाई पाकिस्तानमा रिलिज गर्न नदिने भएको छ । ‘हाम्रो नीति परिवर्तन हुँदैन । कुनै पनि भारतीय फिल्म या भारतमा बनेको फिल्म हाम्रो देशमा रिलिज हुँदैन । लाल सिंह चढ्ढा भारतीय फिल्म हो र नीति अनुसार यो पाकिस्तानमा रिलिज गर्नका लागि मिनिस्ट्रीले अनुमति दिँदैन’, स्रोतले भनेको छ । सिन्ध सेन्सर बोर्डले भने आमिरको फिल्म पाकिस्तानमा रिलिजको लागि कुनै पनि अनुरोध प्राप्त नगरेको दाबी गरेको छ ।
पुलवामा हमलापछि भारत–पाकिस्तानमा तनाव बढेको थियो । सम्बन्ध खराब भएसँगै पाकिस्तानी अभिनेता र फिल्मलाई भारतमा प्रतिबन्ध लगाइएको थियो । सन् २०१९ फेब्रुअरी २६ मा भारत तर्फबाट जवाफमा बालाकोटमा एयर स्ट्राइक भएपछि पाकिस्तानमा पनि भारतीय फिल्ममा प्रतिबन्ध लगाइएको थियो ।

















नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया