रुस्दीप्रति फ्रान्सको सहानुभूति, राष्ट्रपति म्याक्रोँ भन्छन्- पहिलेभन्दा धेरै उहाँको पक्षमा छौँ

न्युयोर्क । शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्स उनको साथमा रहेको बताएका छन् । भारतीय मूलका ब्रिटिश अमेरिकी उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो ।
‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाईलाई मूर्त रूप दिनु भएको छ । उहाँको लडाई हाम्रो हो । आज पहिले भन्दा धेरै हामी उहाँको पक्षमा उभिन्छौं’, उनले ट्वीटरमा भने ।
शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।
आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।
प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया