रुस्दीप्रति फ्रान्सको सहानुभूति, राष्ट्रपति म्याक्रोँ भन्छन्- पहिलेभन्दा धेरै उहाँको पक्षमा छौँ

न्युयोर्क । शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्स उनको साथमा रहेको बताएका छन् । भारतीय मूलका ब्रिटिश अमेरिकी उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो ।
‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाईलाई मूर्त रूप दिनु भएको छ । उहाँको लडाई हाम्रो हो । आज पहिले भन्दा धेरै हामी उहाँको पक्षमा उभिन्छौं’, उनले ट्वीटरमा भने ।
शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।
आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।
प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो ।










सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया