निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनु पर्नेमा जोड दिए ।
उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए । “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन”, उनले भने । देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्ने र देशको अवस्था अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको उद्देश्य शान्तिपूर्ण नेपाल र समृद्ध नेपाल रहेको भन्दै सामाजिक न्याय र समानतासहितको नेपाल निर्माण गर्न खोजिरहेको बताए । उनले राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था सही ढङ्गले गर्नसके नेपाललाई सुन्दर बनाउन सकिने धारणा राखे ।















‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया