हात्तिवनमा माओवादी नेतासँग बामदेवको भेटवार्ता
के बामदेव पनि माओवादीकै चिह्नमा चुनाव लड्दैछन् ?
माओवादीको चुनाव चिह्न लिएर चुनाब लड्न बाबुराम सहमत, बामदेवसँग छलफल जारी

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आगामी मंसिर ४ को प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचन नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा लड्ने तयारी गरेका छन् । डा बाबुरामसँग एउटै चिह्न, एउटै घोषणापत्रमा चुनाव लड्ने गरी करिव दुई पार्टीका बीचमा सहमति जुटिसकेको छ ।
तर त्यसको औपचारिता दिन मात्र बाँकी छ । बामदेवको पार्टीसँग पनि यस विषयमा अन्तिम छलफल चलिरहेको छ ।
निर्वाचन अगाडी नै समाजवादी केन्द्र बनाउने रणनीति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई देखि बामदेव गौतमसम्म छलफल गरेपनि निश्कर्षमा नपुगिसकेको कारण यो विषयमा भने चुनाव पछि वृहत छलफल गर्ने र समाजवादी केन्द्र बनाउने गरी अहिले सम्भव हुने दलहरुलाई आफ्नै पार्टीको चुनाव चिन्ह्रमा चुसनाव लडाउने गरी माओवादी अगाडी बढेको हो ।
त्यसैको रणनीति अन्तर्गत बाबुराम र बामदेवको पार्टीसँगको छलफल भने निक्कै अगाडी बढेको छ । बाबुराम भटटराई माओवादीको चुनाव चिन्ह्रमा चुनाव लड्न करिव सहमत भईसकेका छन् । बामदेवसँग छलफल जारी छ । आइतबार बिहान पनि बाबुराम र प्रचण्डका वीचमा खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटवार्ताले यो विषयलाई अब दुई पार्टीका आ आफना कमिटिमा छलफल गरेर औपचारिक निर्णय लिने विषयमा कुराकानी चलेको छ ।
बामदेवको त अझ केन्द्रीय समिति बैठकलाई नै प्रचण्डले टेलिफोनमा सम्बोधन गरेर टुक्रिएर नहुने र एकतामै बल हुने भएकोले समाजवादी केन्द्र निर्माणमा लाग्नुपर्ने बताएका थिए । बामदेव प्रचण्डको कुरासँग सहमत छन् ।
भोलि सम्म एउटै चिन्ह्र, एउटै घोषणापत्रमा चुनाव लड्ने गरी टुग्गो लगाएर निर्वाचन आयोगमा दल दर्ताका लागि जाने समझदारी जुटाउने प्रयास जारी रहेको माओवादीका एक प्रभावशाली नेताले बताएका छन् ।
त्यसैका लागि बिहान बाबुरामसँग छलफल गरेका प्रचण्डले अहिले बामदेव गौतमसँग छलफल गरिरहेका छन् । हात्तिवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको एक अपार्टमेन्टमा अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुसँग बामदेव गौतमको भेटवार्ता भएको छ । भेटवार्ताम बामदेवलाई पनि चुनावमा माओवादीकै चिन्ह्रमा निर्वाचन लडन् माओवादी नेताहरुले आग्रह् गरेका छन् ।
बामदेव अहिले राष्ट्रिय सभा सदस्य छन् । तर उनी त्यहाँबाट राजीनामा दिएर प्रतिनिधीसभामै चुनाव लड्न चाहिरहेका छन् । उनको त्यही चाहना बुझेरै प्रचण्डले बामदेवलाई पनि आफ्नै पार्टीको चुनाव चिन्ह्रमा चुनाव लड्न आग्रह्र गरेका छन् ।
गौतम सँगको यो छलफल पछि माओवादीले पार्टी स्थायी समिति बैठक बोलाएर यस वारेमा औपचारिक निर्णय लिएर पार्टी निर्वाचन आयोगमा दल दर्ताको तयारीमा जानेछ । दल दर्ताका लागि निर्वाचन आयोगले मंगलबार सम्मको समय दिएको छ ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया