पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु
मेरोन्यूज
२०७९ साउन २९ गते १७:०७
काठमडौँ । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका ३ स्थित जिउ भन्ने स्थानमा स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ ।
बिहान बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगर १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए । उनका अनुसार दुर्घटनाको खबर पाएलगत्तै डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया