नाबालिक छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ
मेरोन्यूज
२०७९ साउन २९ गते १८:२९

काठमाडौँ । सुर्खेत प्रहरीले १२ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ । छोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिका निवासी पुरुषलाई पक्राउ गरेको हो ।
गत २६ गते घटना भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको हो । प्रहरीलाई बालिकालाई बलात्कार गरेको जानकारी दिएपछि पीडकलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्ने पुरुषको परिचय गोप्य राखिएको छ ।
पीडित बालिकाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया