प्रधानमन्त्री देउवासँग मुक्त कमलरीका समस्या समाधान गर्न माग

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ ।
मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिए ।
सङ्घीय सांसद शान्ता चौधरी नेतृत्वको प्रतिनिधि मण्डलले तत्काल मुक्त कमलरी बस्दै आएको छात्राबासमा यसअघि सरकारले गर्दै आएको खान बस्नको प्रबन्धलाई नियमितता दिन र कमलरीका लागि स्नातक तहको छात्रवृत्ति कटौती नगर्न आग्रह गरेको हो ।
यसबाहेक मुक्त कमलरीको पुनः स्थापनलगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको संस्थापक अध्यक्ष चौधरीले बताए ।
अवसरमा प्रधानमन्त्री देउवाले उपरोक्त समस्या समाधानका लागि तत्काल मातहतका निकायलाई निर्देशन दिने आश्वस्त पारे । सरकार र कमलरीबीच समस्या समाधानका लागि २०७४ साल जेठ २४ गते १० बुँदे सम्झौता भएको थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया