कमल थापाद्धारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता बिद्येयक पुर्नबिचारका लागि संसदमा पुनस् पठाउने राष्ट्रपति बिद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन ।
नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको बिषयलाई सम्वोधन गनुपर्नेलगायत बिषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले बिद्येयक संसदमा फिर्ता गरि दिएकी थिइन् । सो कदमलाई रापप्रा अध्यक्ष नेपालले स्वागत गरेका हुन ।
‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।’
राष्ट्रपतिले बिद्येयक फिर्ता गरेको बिषयलाई संघीय संसदले हठ गर्न नहुने पनि भन्दै थापाले सो बिषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिएका छन । ‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलोगर्ने काम सरकारले गरेको हो।अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।’
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया