सलमान रुस्दीमाथिको आक्रमणकारीसँग सम्बन्ध छैन : इरान

तेहरान । इरानले साहित्यकार सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध नभएको जनाएको छ । बरु, उसले रुस्दीलाई दोषारोपण गरेको छ । ७५ वर्षीय रुस्दी शुक्रबार न्युयोर्क राज्यमा आयोजित एक कार्यक्रममा छुरा प्रहारमा परेका थिए ।
उनको उपन्यास दी सटानिक भर्सेसलाई लिएर उनीमाथि मृत्यु दण्डको धम्की आएको थियो । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले इरानी सञ्चार माध्यमले आक्रमणमा खुसी प्रकट गरेको जनाउँदै त्यसलाई निन्दनीय बताएका थिए ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले तेहरानले ‘स्पष्ट रूपमा’ आक्रमणसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गर्दै इस्लामिक गणतन्त्र इरानलाई आरोप लगाउने अधिकार कसैसँग नभएको बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा धर्मको अपमान गर्नुको औचित्य नभएको उनले बताए ।
‘यस आक्रमणमा हामी सलमान रुस्दी र उनका समर्थकबाहेक अरू कसैलाई दोष र निन्दाको योग्य मान्दैनौँ,’ प्रवक्ताले तेहरानमा आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भने ।
















सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया