ईश्वर पोखरेलको दाबी : संघ र प्रदेश निर्वाचनमा एमालेको बहुमत आउँछ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् ।
स्थानीय तह निर्वाचनमा लोकप्रिय मत पाएकाले एमालेले आगामी संघ र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने पोखरेलको तर्क थियो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएकाले स्थानीय तह निर्वाचनमा एमाले पहिलो बन्न नसकेको उल्लेख गरे ।
जित्ने र टिक्नेलाई मात्रै पार्टीले निर्वाचनमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । ‘आउने निर्वाचनमा एमालेले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ, म यो तपाईहरुलाई बताउनु चाहन्छु, अब तपाईहरुको मनमा प्रश्न उठन सक्छ हिजो स्थानीय तह निर्वाचनमा त भएन नि ?,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त ग¥यौँ, स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो ।’
उनले भदौको अन्तिमसम्म आफ्नो पार्टीले संघ र प्रदेशसभा निर्वाचनको उम्मेदवार तय गरिसक्ने बताए । त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक भदौँ दोस्रो हप्ताका लागि तय गरिएको उनको भनाइ थियो ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया