हाजिर गर्दै सांसद बाहिरिन थालेपछि सभामुखको आक्रोश : जिम्मेवार र गम्भीर बन्नु पर्दैन ?

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छाडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तुष्ट व्यक्त गरेको हो ।
पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिर जाने थालेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छाडेको छ । आइतबार मात्रै प्रतिनिधिसभाको बैठकमा विधेयक पास गर्न सांसदको गणपूरक नहुँदा बैठक स्थगित गर्नु परेको थियो ।
उनले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नु परेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताए । उनले संसदमा विधेयक पास गर्नका लागि धेरैपटक घण्टी बजाउनु परेको र मन्त्री बोलाउन कुर्नु परेको छ, सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर बन्नु पर्दैन ? भन्दै प्रश्न गरेका थिए ।
‘कानून शक्तिशाली हुन, तर्कोचित, न्यायेचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ, हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नु पर्दैन, हामीभन्दा माथि पनि कानून छ, हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मिहेनत र परिश्रम गर्यौँ ? त्यो मूल्यांकनको कुरा छ,’ उनले भने, ‘हाम्रा सबै कुरा जनताले हेरिरहेका छन्, हामीले कतिपटक घण्टी बजाउनु परेको छ, विधेयक पास गर्नका लागि, हामीले कतिञ्जेल पर्खिनुपरेको छ मन्त्रीहरू बोलाउनका लागि, हामी जिम्मेवार र गम्भीर बन्नु पर्छ ।’
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया