पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका ६ जिमा बस्ने चन्द्र लावडका छोरा वर्ष ३३ का फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय मुगुले ५ वर्षपछि पक्राउ गरेको हो ।
बहुविवाह गरी फरार रहेका विवाहसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मुगुबाट लावड २०७४ पुस ५ गते ११ महिना १८ दिन कैद सजाय तोकेको थियो । प्रहरीका अनुसार उनी कैद भुक्तान नगरिकन फरार रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुभाष हमालले बताए ।
यस्तै, ज्यानसम्बन्धी कसुर सवारी ज्यान मुद्दामा फरार रहेका छायानाथ रारा नगरपालिका ६ बालैका पूर्णबहादुर भामका छोरा वर्ष ३१ का गणेश भामलाई पक्राउ गरिएको बताइएको छ । उनलाई २०७७ फागुन १८ गते फरार भई करिब २ वर्षपछि प्रतिवादी पक्राउ गरिएको डीएसपी हमालले बताए ।
भामलाई दुई महिना ६ दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । यी दुवै फरार अभियुक्तलाई रितपूर्वक जिल्ला अदालत मुगुले जुम्ला जिल्ला कारागार चलान गरेको डीएसपी हमालको भनाइ छ ।
















जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया