२० वर्षमै आमा बनेकी मनीषा कोइराला !

मुम्बई । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय गरिन् । जसमा मणिरत्नमको फिल्म ‘बम्बे’ पनि पर्दछ ।
मनीषाले सुरुमा यो फिल्ममा अनुबन्धित हुन अस्वीकार गरेकी थिइन् । किनकी उनी त्यो समयमा आफ्नो करियरको सुनौलो यात्रामा थिइन् । तर, यो फिल्ममा उनले आमाको भूमिका निभाउनु पर्ने प्रस्ताव आएपछि उनले त्यसलाई ठाडै अस्वीकार गरेकी थिइ्न ।
‘जब मलाई बम्बेको अफर आयो, तब मानिसहरुले मलाई यो फिल्म नगर्न दबाब दिए । किनकी २० वर्षको उमेरमा मैले आमाको भूमिका निभाउँदै थिएँ । उनीहरुले यो फिल्ममा आमाको भूमिका निभाए आगामी १० वर्षभित्र हजुरआमाको भूमिका पाउने भन्दै डर सिर्जना गरिदिए’, उनले भनेकी छन् ।
त्यसपछि मनिषाले अन्य बौद्धिक वर्गको कुरा सुनिन् । जसले मणिरत्नमको फिल्म अस्वीकार गर्नु भनेको जिन्दगीभर पछुताउनु हो भन्ने सुझाव दिए ।
‘बम्बे’मा मनिषाको अपोजिटमा अरविन्द स्वामी प्रमुख भूमिकामा थिए । दुवैको अभिनयलाई दर्शकले निकै मनपराएका थिए । मनीषा पछिल्लो पटक सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’मा देखिएका थिए । फिल्ममा उनले रणवीर कपूरको आमाको भूमिका निभाएकी थिइन् ।
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया