भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
मेरोन्यूज
२०७९ साउन ३१ गते १५:१०

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ ।
यसैगरी, हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले घटेर आएको छ । यसअघि आईओसीले दुईपटक मूल्य घटाएर पठाएको थियो ।
अहिले नेपाली बजारमा पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँमा कारोबार भएको छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीले बताउँदै आएका छन् । नयाँ मूल्यपछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया