भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
मेरोन्यूज
२०७९ साउन ३१ गते १५:१०

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ ।
यसैगरी, हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले घटेर आएको छ । यसअघि आईओसीले दुईपटक मूल्य घटाएर पठाएको थियो ।
अहिले नेपाली बजारमा पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँमा कारोबार भएको छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीले बताउँदै आएका छन् । नयाँ मूल्यपछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।
सम्बन्धित














नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया