सेयर बजार दोहोरो अंकले गिरावट
काठमाडौँ । सेयर बजारमा आज करिब २५ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो ।
‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ । १३ वटा उपसूचकमध्ये सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । यद्यपि, कारोबार भने दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।
यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ । डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले घटेको छ ।
यस्तै, निर्जीवन बिमा समूहको उपसूचक १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रोफाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.९ प्रतिशतले घटेको छ ।
अन्य समूहको उपसूचक भने ०.७ प्रतिशतले मात्र घटेको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया