‘पुरुष चाहिँदैन’ भन्दै आफैँसँग विवाह गरिन् अभिनेत्री कनिष्काले

काठमाडौं । सामान्यतया विवाह भन्ने वित्तिकै पुरुष र महिलाको जोडी भन्ने बुझिन्छ । तर पछिल्ला दिनमा केही यस्ता युवती पनि देखिएका छन्, जसले विवाहका लागि पुरुष आवश्यकता नै नपर्नऐ भन्दै आफैसँग विवाह गर्ने क्रम पनि देखिएको छ ।
यस्तै भएको छ एक जना अभिनेत्रीको । ‘दीया र बाती हम’ की टिभि अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी छिन् । आजकालको आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यसैको एक उदाहरण हुन् उनी ।
कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो सेयर गरेकी छिन् । जसमा उनले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उनले उक्त फोटो सेयर गर्दै क्याप्सनमा आफूले आफैँसँग विवाह गरेको पनि जानकारी दिएकी छिन् ।
उनले लेखेकी छिन्,- ‘मैले आफैँसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैँले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ । मलाई कोही पुरुष चाहिँदैन । म आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुसी छु । म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ । धन्यवाद ।’
कनिष्का सोनी ‘दीया औस बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोजकी हिस्सा हुन् ।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया