‘प्रेमगीत ३’ लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने

काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । चीन रिलिजबारेबुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । प्रदीप खड्का स्टारर फिल्मका निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए ।
उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ । ‘फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनको लागि आग्रह गरेपछि बैठक बसेको हो,’ सेनले भने ।
चिनियाँ भाषामा डब गर्न केही समय लाग्ने भएकाले एक-दुई महिना ढिलो गरेर प्रदर्शन गर्ने तयारी भएको सेनले बताए । चीन रिलिजबारेको दोस्रो बैठक दुई(तीन दिनमै पुनः बस्ने भएको छ ।
‘प्रेमगीत ३’ले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा सघाउ पुर्याउने आशा निर्माता सेनले व्यक्त गरे ।










कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
झापा कारागारका एक कैदीको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया