‘प्रेमगीत ३’ लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने

काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । चीन रिलिजबारेबुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । प्रदीप खड्का स्टारर फिल्मका निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए ।
उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ । ‘फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनको लागि आग्रह गरेपछि बैठक बसेको हो,’ सेनले भने ।
चिनियाँ भाषामा डब गर्न केही समय लाग्ने भएकाले एक-दुई महिना ढिलो गरेर प्रदर्शन गर्ने तयारी भएको सेनले बताए । चीन रिलिजबारेको दोस्रो बैठक दुई(तीन दिनमै पुनः बस्ने भएको छ ।
‘प्रेमगीत ३’ले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा सघाउ पुर्याउने आशा निर्माता सेनले व्यक्त गरे ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया