कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेस माओवादी केन्द्रका अध्यष प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन् । एमालेलाई घेरावन्दी गर्ने गरी कांग्रेस, माओवादी केन्द्र लगायतका संसदका ५ दलले गठबन्धन गरेपछि ओलीले कांग्रेससँग लोकतान्त्रिक चरित्र समेत नरहेको आरोप लगाएका हुन् ।
कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिपछि हिँडेको ओलीको आरोप थियो । ‘इतिहासमा पनि पटक-पटक देशहितविरुद्ध काम गरेको पार्टी हो । सुध्रिएला कि भन्ने लागेको थियो । माओवादी पार्टी भनेको प्रचण्ड एन्ड कम्पनी हो । कांग्रेस प्रचण्ड एन्ड कम्पनीको पछिपछि त्यै नीति, व्यवहार र आचरणमा लुरुलुरु हिँडेको छ । त्यसलाई तोड्नुपर्छ,’ ओलीले भने ।
उनले इतिहासमा पनि पटक-पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको पनि टिप्पणी गरे ।
पूर्वमन्त्री हेमराज राईलाई एक दशकपछि आफ्नै पूरानो घर एमाले फर्काउन पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको कार्यक्रममा ओलीले भने –‘कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन । अरु पार्टीको त चर्चा नगरौं, समय बेकारमा किन खर्च गर्ने ? कांग्रेस नीति, आचरण, सिद्धान्त, व्यवहारमा केहीमा पनि लोकतान्त्रिक रहेन ।’
ओलीले अहिलेको सत्ता गठबन्धन देशद्रोही गठबन्धनभएको आरोप लगाए ।
‘यो देशद्रोही गठबन्धन हो । यल्ले नेपाली जनतालाई ढाँट्छ,’ उनले भने, ‘एमसिसीलाई पत्र लेख्छ, लेखेको छैन भन्छ । लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ । त्यस्तो होइन भने त्यस्तै चाहीँ होइन लेख्न चाहीँ लेखेकै हो भन्छ ।’
गठबन्धनका नेताहरूलाई लाजसरम नभएको उनले बताए । ‘फलानासँग तीनचार पल्ट भेटेँ भन्छ । पछि सपनामा भेटेँ भन्छ । सपनामा केके हुन्छ हुन्छ रु,’ उनले भने ।
ओलीले जनयुद्धका नाममा मारिएकाहरुका शालिक नबनेर जाँड खाएर मरेका आफन्तको शालिक बनेको भन्दै कटाक्ष पनि गरे । ओलीले भने,–‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन ? हिजो स्कुल छाडेका कहाँ छन् ? हातखुट्टा भाँचिएका कहाँ छन ? तीनलाई कहिल्यै सम्झ्या छ ?,’ उनले भने, ‘ती सहिदको सालिक बन्या छ ? जाँड खाएर मरेकाको शालिक बनेको छ । युद्धमा मरेकाको शालिक बनेको छ ?’

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया