कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् ।
दुल्लुमा रहेको रामपुर कृषि क्याम्पस चितवनको आङ्गिक क्याम्पस सिएनआरएममा अध्ययनरत विद्यार्थीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
विद्यार्थीहरूले ‘बिना पानी कृषिमा लगानी, छैन पानी बत्तीको निकास, छैन पूर्वाधारमा विकास, छैन कलेजको घेरवार, पाइँदैन हाम्रो शिक्षासँग गर्न खेलबाड, कृषिको लक्ष्य, छैन प्रयोगात्मक पक्ष’ जस्ता नारा लगाएका छन् ।
यस्तै, ‘छैन कुनै घेरा छैन कुनै छेकबार देखिएन सिएनआरएम दुल्लुमा भविष्यको आधार’ नारा लगाएर विद्यार्थीहरू मङ्गलबार आन्दोलनमा उत्रिएका हुन् ।
उक्त विद्यालयमा विद्यार्थीहरूले खानेपानीको समस्या, भौतिक पूर्वाधार, कृषि ल्याबको अभाव, खेल मैदानको अभाव भएकोले क्याम्पसले यसको तत्काल व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।
विद्यार्थीहरूले तत्काल क्याम्पस प्रमुख ल्याउनु पर्ने, बत्तीको समस्या तत्काल समाधान गर्नुपर्ने, एक महिनामा पढाई हुने विषयवस्तु एकै दिनमा पढाउने गरेको, शिक्षकहरूको अभाव भएको र कृषिका विद्यार्थीका लागि प्रयोगात्मक शिक्षाका लागि प्रयोगशालाको व्यवस्थापन नभएकोले लगायतका विषयमा तत्काल व्यवस्थापन गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
दुल्लु नगरपालिका दैलेखले उक्त कृषि क्याम्पस पालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि सम्बन्धी प्राविधिक उत्पादन गर्ने भन्दै ल्याएको थियो । कृषि क्याम्पसमा भर्ना भएका विद्यार्थीहरूले हाल कक्षा छोड्नसमेत थालेका छन् ।
नयाँ भर्ना भएका ५४ जना विद्यार्थीहरूमा हाल ३१ जना मात्रै विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त क्याम्पसमा विद्यालय संयोजकमा रूपमा दिनेश मरासिनी रहेका छन् ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
प्रतिक्रिया