५४ जनामा भेटियो हैजा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा फैलिएको हैजा संक्रमणको कारणबारे विस्तृत अनुसन्धान गर्ने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यस बिषयमा अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख डा। चुमनलाल दासले बताए ।
‘काठमाडौंको पानीमा हैजा फैलाउने जीवाणु छ भन्ने पत्ता लाग्यो । तर, कहाँबाट हैजा फैलियो भनेर पत्ता लागेको छैन,’ डा।दासले अनलाइखबरसँग भने, ‘हैजाले कुनै महामारी नै त ल्याएको छैन । सबैतिर हैजा देखिएकाले ब्याक्टेरिया कसरी फैलिँदैछ भन्ने पत्ता लगाउन विस्तृत अनुसन्धान गर्न लागेका हौं ।’
२ असारदेखि काठमाडौंमा फैलिएको हैजा संक्रमण १ भदौं सम्म आइपुग्दा ५४ जनामा देखिएको छ । इडीसीडीका अनुसार काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट र धादिङमा गरी यस वर्ष हैजा संक्रमितको संख्या ५४ जनामा देखिएको र हाल तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंका कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन, बुढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा हैजा देखिएको छ । ललितपुरका महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक लगायतका ठाउँमा हैजा देखिएको छ ।
त्यसैगरी, उपत्यकाबाहिर भने नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।
संक्रमित हुनेमध्ये सातजना १४ वर्षमुनिका बालबालिका छन् । परीक्षण गरिएकामा धारा, ट्युबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया