दार्चुला जीप दुर्घटनामा घाइते भएकालाई उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा यात्रुवाहक जीप दुर्घटना हुँदा घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन र जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न निर्देशन दिएका छन् ।
गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएको हो ।
गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्धटना हुँदा चार पुरुष र एक महिला गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिए ।
दुर्घटनामा नौ जना घाइते भएका र तीमध्य तीन जनाको स्वास्थ्यअवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताए ।
घाइतले सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पु¥याइएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि बाहिर लैजान हेलिकोप्टरको आवश्यकता पर्ने भएमा मन्त्रालयमा जानकारी गराउन पनि गृहमन्त्री खाणले प्रजिअ उपाध्यायलाई भनेका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया