दार्चुला जीप दुर्घटनामा घाइते भएकालाई उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा यात्रुवाहक जीप दुर्घटना हुँदा घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन र जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न निर्देशन दिएका छन् ।
गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएको हो ।
गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्धटना हुँदा चार पुरुष र एक महिला गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिए ।
दुर्घटनामा नौ जना घाइते भएका र तीमध्य तीन जनाको स्वास्थ्यअवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताए ।
घाइतले सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पु¥याइएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि बाहिर लैजान हेलिकोप्टरको आवश्यकता पर्ने भएमा मन्त्रालयमा जानकारी गराउन पनि गृहमन्त्री खाणले प्रजिअ उपाध्यायलाई भनेका छन् ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया