संघीय निर्वाचन-२०७९
मंसिर ४ को निर्वाचनमा बढी जोखिम, सुरक्षा योजना पेश गर्न गृहको निर्देशन

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न गृहमन्त्रालयले तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको हो ।
केन्द्रीय सुरक्षा समितिको बैठक राखेर स्थानीय तहमा भएको सुरक्षा कमजोरीलाई केलाउँदै फेरि कमजोरी हुन नदिने गरी सुरक्षा योजना बनाउन निर्देशन दिनुका साथै मन्त्रालयले सुरक्षा संयन्त्रलाई आवश्यक बजेटको सिलिङ पनि पठाउन निर्देशन दिएको छ । तीन दिन अघि गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचनमा सुरक्षा चुनौति थपिएको आँकलनसहित सुरक्षा अंगलाई सुरक्षा योजना प्रस्तुत गर्न निर्दैशन दिएको हो ।
बैठकमा सहभागी सुरक्षा अधिकारीका अनुसार अघिल्लोभन्दा यसपटक निर्वाचन बढी चुनौतीपूर्ण रहेकाले फकर ढंगले सुरक्षा योजना बनाएर लागु गर्नुपर्ने दायित्व रहेको छ । देशैभरि एकै चरणमा निर्वाचन हुनु, मतदान केन्द्रमा चारवटा बाकस हुने, स्रोत–साधन र जनशक्तिको अपर्याप्तता र गठबन्धनका कारण दलबदल तथा बागी उम्मेदवारले निम्त्याउन सक्ने जोखिम नै आगामी निर्वाचनका मुख्य सुरक्षा चुनौती भएकाले त्यसतर्फ सजग रहँदै सुरक्षा योजना बनाउन निर्दैशन समेत दिइएको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने भएकाले सबै निकायलाई आफ्नो क्षेत्र र तहबाट सुरक्षा योजना बनाएर मन्त्रालयमा पेस गर्न निर्देशन दिएको बताए । मन्त्रालयका अनुसार हिमाल, पहाड, तराई र सहरी क्षेत्रमा छुट्टाछुट्टै सुरक्षा योजना बनाएर कार्यान्वयन गरिनेछ । ‘भौगोलिक अवस्था, जनसंख्या र परिस्थितिको उचित मूल्यांकन गरी सुरक्षा योजना बन्नेछ,’ मन्त्रालयका प्रवक्ता पोखरेलले भने । अहिले पनि चारवटा पक्षलाई ध्यान दिएर सुरक्षा योजना बनाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
तराईका १६ वटा जिल्ला र भारतसँग सीमा जोडिएका बढी संवेदनशील रहेको जनाउँदै ती जिल्लाको सुरक्षा योजनाबारे पनि सुरक्षा निकायसँग तलबाटै विवरण मागिने पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी शीर्ष नेताहरूको निर्वाचन क्षेत्रलाई पनि मन्त्रालयले संवेदनशील निर्वाचन क्षेत्रको रूपमा व्याख्या गरे सुरक्षा योजान बनाउने जनाएको छ । यसैगरी सुरक्षामा प्रत्यक्ष खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीले एआइजीको नेतृत्वमा निर्वाचन सेल बनाएर काम सुरु गरिसकेका छन् । नेपाल प्रहरीमा एआइजी सहकुल थापा र सशस्त्र प्रहरीमा एआइजी सिपी गौतमको संयोजकत्वमा निर्वान सेल गठन भइसकेको छ ।
उनीहरूले मातहत निकायबाट सुरक्षाको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ । सशस्त्र प्रहरीले स्थानीय तहको निर्वाचनमा ३ अर्ब ५१ करोड बजेट मागेकोमा सरकारले ४४ करोड मात्रै पठाएको थियो । सरकारले निर्वाचन प्रयोजनका लागि त्यतिबेला गाडी भाडा मात्रै पठाएको थियो । अहिले भने सशस्त्रले आवश्यक सामाग्री खरिदको लागि सरकारलाई बजेट माग गर्ने भएको छ । नेपाल प्रहरीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ७ सय ५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिद गर्न प्रस्ताव गसिसकेको छ ।
निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको भन्दै प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको हो । यसअघि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला पनि प्रहरीले सवारीसाधन खरिदका लागि बजेट मागेको थियो । तर सरकारले नयाँ खरिद गर्न बजेट नदिएपछि भाडामा लिएर चलाएको थियो ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा बुझाएको विवरण अनुसार अहिले प्रहरीलाई १ हजार ५९८ मोटरसाइकल माग गरेको छ । सानो सवारीसाधन मात्रै १३ सय ८४ अपुग रहेको जनाएको छ । प्रहरीले ७५३ स्थानीय तहमा पठाएको सहित १५ सय २९ सानो र १ सय ५४ ठूला सवारीसाधन रहेकोमा भौलोलिक विकटताको कारण तत्काललाई ७ सय ५१ वटा सवारी साधान अपुग रहेको भन्दै किन्न प्रस्ताव गरेको हो । यसका साथै प्रहरीले हातहतियार र सञ्चार सेट पनि अपुग रहेको विवरण गृहमन्त्रालयमा पठाएको छ ।
राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेसँगै सुरक्षा संयन्त्र पनि सक्रिय भएको छ । भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्ने अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरीले पनि आफ्नो तयारी तीव्र पारेको जनाएको छ । सो निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेर गृहमन्त्रालयमा प्रस्ताव पेश गरेको छ । यो संख्या गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचको भन्दा २१ हजारले बढी हो।
त्यसबेला ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने भएकाले म्यादीको संख्या बढाइएको हो । अबको सयदिनभित्र निर्वाचनको सम्पूर्ण तयारी पूरा गर्नुपर्ने भएकाले सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त राख्न मन्त्रालयले सबै सुरक्षा अंगलाई निर्देशन दिइसकेको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया