ज्याकलिनसँग तर्किदै बलिउड निर्माता

मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डिज केही समययता विवादमा तानिएकी छन् । खासगरी सुकेश चन्द्रशेखरको मनी लन्ड्रिङमा अभिनेत्रीको नाम जोडिएपछि उनीविरुद्ध प्रवर्तन निर्देशनालय९इडी० ले उनलाई आरोपी बनाउँदै चार्जसिट दर्ता गर्ने अन्तिम तयारीमा छ । यही मेसोमा ज्याकलिनलाई बलिउडले नै बहिस्कार गर्ने आन्तरिक तयारी सुरु गरेको छ ।
ज्याकलिनसँग काम गरिसकेका निर्माताहरू अहिले उनीबाट विस्तारै टाढिँदै गएका छन् । ‘इडीले उनलाई आरोपी बनाएपछि उनले काम पनि विस्तारै गुमाउँदै गएकी छन् । ‘विक्रान्त रोना’ र ‘बच्चन पाण्डे’ उनको पुरानो प्रोजेक्ट हो । विवादमा मुछिएको र उनको मुद्दाको छिनोफानो नहुञ्जेलसम्म कोही पनि नयाँ निर्माता उनीसँग काम गर्ने सोचमा छैनन्’, एक निर्माताले भनेका छन् ।
आरोपीका रूपमा चार्जसिट दर्ता हुने भएपछि उनको पक्राउको सम्भावना पनि उत्तिकै बढेको छ । ती निर्माताका अनुसार अहिलेको अवस्था हेर्दा ज्याकलिन पुरानै अवस्थामा फर्कने सम्भावना अत्यन्त कम छ ।
‘यो साँच्चै दुःखको कुरा हो । उनी धेरै राम्री केटी हुन् । उनी के कारणले आफू फस्दैछिन् भन्ने पनि राम्ररी थाहा पाउन सकेकी छैनन्’, ज्याकलिनको महिला सहकर्मीले भनेकी छन्, ‘अहिलेको अवस्थामा ज्याकलिनलाई सान्त्वना दिनकै लागि भेट्न पनि असम्भव छ ।’
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया