माओवादीमा २१ जनाको पदाधिकारी
महासचिवमा गुरुङ पक्का, उपमहासचिव ७, सचिव ९ जनाको प्रस्ताव, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष एक-एक जना मात्रै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले २१ जनाको पदाधिकारी बनाउने भएको छ । उपमहासचिव ७ जना र सचिव ९ जना बनाउने गरी माओवादीले पदाधिकारी संख्या टुंग्गो लगाएको हो । शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीको संख्या करिव टुग्गो लगाएको हो ।
त्यस्तै कुन पद कति संख्याको बनाउने भन्नेमा पनि शुक्रवारको बैठकले टुग्गो लगाएको माओवादीका एक जना स्थायी समिति सदस्यले मेरोन्यूजलाई जानकारी दिए ।
‘पदाधिकारी २१ सदस्यीय बनाउने विषय टुग्गो लागेको छ, पदाधिकारीभित्र पनि कुन पद कति संख्याको बनाउने भन्नेमा पनि सहमति बनेको र टुंग्गिएको छ,’ ति नेताले भने ।
उनका अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १ र कोषाध्यक्ष १ जना हुनेछन् ।
पदाधिकारीमा उपमहासचिव ७ जना र सचिवमा भने ९ जना रहने गरी आजको बैठकले टुग्गो लगाएको छ । यधपी उपाध्यक्ष संख्या थप गर्ने या अहिले प्रस्तावितमा सहमति गर्ने भन्नेमा सोचेर भोलि बस्ने बैठकले अन्तिम टुग्गो लगाउने गरी शुक्रवारको बैठक सकिएको ती नेताले बताए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णवहादुर महरा फाइनल जस्तै छ ।
महासचिवमा देव गुरुङको नाममा प्रचण्डले प्रस्ताव गर्ने गरी तयारी गरेका छन् । यस विषयमा पनि प्रचण्डले पार्टीका नेताहरुसँग अनौपचारिक छलफल गरिसकेका छन् ।
गुरुङ महासचिव बन्ने भएपछि नै अन्य उपाध्यक्ष पद नराखी बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष एक एक जना मात्रै राख्ने गरी माओवादी अगाडी बढेको हो । त्यसो हुँदा अहिले महासचिव दावी गरिरहेका बर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल लगायतका नेताहरु उपमहासचिव बन्नेछन् ।
त्यस्तै शक्ति बस्नेत, मात्रिका यादव, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल पनि उपमहासचिव बन्नेछन् ।
यसरी ७ जना उपमहासचिव हुनेछन् । सचिवमा भने त्यसपछि अन्य नेताहरु रहने गरी तय हुने देखिएको ती माओवादी नेताले बताए ।
पार्टीको साहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल)को राष्टिय भेलामा अध्यक्ष प्रचण्ड प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनु पर्ने, गोरखाको एक कार्यक्रममा पुग्नुपर्ने र आजै बेलुकी सत्ता गठबन्धनको बैठकमा समेत प्रचण्ड सहभागि हुनुपर्ने भएकोले आजै थप छलफल नगरी बैठक भोलि दिउँसो १ वजेसम्मलाई स्थगित गरिएको पनि ती माओवादी नेताले बताए ।
यधपी बैठकमा पार्टीको नीति, विधि, संगठन र आगामी कार्यक्रममा केन्द्रीत रहेर आजको बैठकले महत्वपूर्ण र जीवन्त छलफल गरेको पनि माओवादी नेताहरुको भनाई छ ।

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया