वन मुद्दामा पक्राउ परेका व्यक्तिको मृत्यु, आफन्तले गरे आन्दोलन
मेरोन्यूज
२०७९ भदौ ३ गते १५:३०
काठमाडौँ । वन मुद्दामा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछाने हिरासतमा मृत भेटिएका हुन् ।
हिरासतमा मृत भेटिएका उनी वनसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । वीरेन्द्रनगर नगरपालिकामा रहेको जिल्ला वन डिभिजन कार्यालयमा उनको शव भेटिएको हो । बिहीबार पक्राउ परेका उनलाई वन कार्यालय पुर्याएसँगै मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका हुन् ।
सालको रूख काटेको आरोपमा वीरेन्द्रनगर सबडिभिजन कार्यालयले उनलाई पक्राउ गरेको थियो । पक्राउ गर्नेले कुटपिट गरेकाले मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन् ।
सुरुमा धनीरामकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो । पछि धनीराम पक्राउ परेका थिए ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया