वन मुद्दामा पक्राउ परेका व्यक्तिको मृत्यु, आफन्तले गरे आन्दोलन
मेरोन्यूज
२०७९ भदौ ३ गते १५:३०
काठमाडौँ । वन मुद्दामा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछाने हिरासतमा मृत भेटिएका हुन् ।
हिरासतमा मृत भेटिएका उनी वनसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । वीरेन्द्रनगर नगरपालिकामा रहेको जिल्ला वन डिभिजन कार्यालयमा उनको शव भेटिएको हो । बिहीबार पक्राउ परेका उनलाई वन कार्यालय पुर्याएसँगै मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका हुन् ।
सालको रूख काटेको आरोपमा वीरेन्द्रनगर सबडिभिजन कार्यालयले उनलाई पक्राउ गरेको थियो । पक्राउ गर्नेले कुटपिट गरेकाले मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन् ।
सुरुमा धनीरामकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो । पछि धनीराम पक्राउ परेका थिए ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया