शनिबार, वैशाख २६, २०८३

तनहुँ १ बाटै चुनाव लड्छु : नेता पौडेल

मेरोन्यूज २०७९ भदौ ३ गते १९:५२

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृह जिल्ला तनहुँको दमौली पुगेका उनले तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

Advertisement
NiccNicc

कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै उनले भने, ‘यसबारे सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।’

नेकपा एकीकृत समाजवादी पार्टीले तनहुँ १ दाबी गरेको विषयलाई कसरी लिनु भएको छ ? भन्ने प्रश्नमा उनले आफू स्वयं यहाँबाट चुनाव लड्ने भएपछि उनीहरुको दाबी नगर्ने प्रष्ट पारे ।

‘वर्तमान गठबन्धनको सूत्रधार नै म हो, म आफैँ लड्ने भएपछि उहाँहरुको दाबी लाग्दैन,’ पौडेलले भन्, ‘उक्त पार्टीका उम्मेदवारले नै वरिष्ठ नेता पौडेल चुनाव लड्छु भनिसक्नु भएकाले मेरो केही लाग्दैन, मलाई अर्को व्यवस्था गरिदिनुस् भनेर माधव नेपाल र मसँग भनिसक्नु भएको छ ।’

प्रतिक्रिया