संयुक्त राष्ट्रले तालिबान अधिकारीमाथिको यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने
मेरोन्यूज
२०७९ भदौ ४ गते १०:४५

काबुल । संयुक्त राष्ट्रले शुक्रबार १३ तालिबान अधिकारीहरूलाई यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने तयारी गरेको छ । सन् २०११ को संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत १३५ तालिबान अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो, जसमा सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू समावेश छन् ।
तर तीमध्ये १३ जनालाई विदेशमा अन्य देशका अधिकारीहरूसँग भेट्नको लागि यात्रा प्रतिबन्धबाट छुट दिइएको थियो । जुनमा १५ सदस्यीय संयुक्त राष्ट्र सुरक्षा परिषद्को अफगानिस्तान प्रतिबन्ध समितिले दुई तालिबान शिक्षा मन्त्रीहरूलाई शासनले महिला अधिकारमा कटौती गरेकोमा छुट सूचीबाट हटाएको थियो ।
१५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको तालिबानमाथि महिलाका अधिकार कटौती गरेको आरोप लाग्दै आएको छ । सत्ता कब्जा गरेपछि तालिबानले बालिकाहरुलाई लामोसमयसम्म विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।
सम्बन्धित










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया