वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी
मेरोन्यूज
२०७९ भदौ ४ गते १०:५७

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट गुमाउदा मात्र एक सय ६१ रनमा समेटियो ।
उसका याननिची कारियहले सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए । यस्तै, ड्यारियल मिचेलले ४१ रनको योगदान गरे ।
वेस्ट इन्डिजका केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया