विश्वभरका नेपालीलाई जोड्दै ‘हाम्रो पात्रो’

काठमाडौँ । ‘हाम्रो पात्रो’ अधिकांश नेपालीको मोबाइलमा डाउनलोड हुने लोकप्रिय एप हो । अहिलेसम्म एक करोडभन्दा बढीपटक यो एप डाउनलोड भइसकेको छ ।
सन् २०१० मा पहिलोपटक शंकर उप्रेतीले हाम्रो पात्रोको नेपाली क्यालेण्डर एप आइफोनको एप्पल आइओएस भर्सनमा सार्वजनिक गरेका थिए । क्यालेण्डरका रुपमा सार्वजनिक भएको यो एपले विभिन्न दिवस, संस्कृति, परम्परालाई विशेष महत्व दिँदै आएको छ । आज कुन दिवस हो ? कुन पर्व हो ? भन्ने कुरा मानिसहरूलाई हाम्रो पात्रोले स्मरण गराउँदै आएको छ ।
हाम्रो पात्रोका संस्थापक तथा सीईओ उप्रेती हुन् । हाल यसको अध्यक्ष रुद्रराज पाण्डे रहेका छन् । अहिलेसम्म प्रदान गर्दै आएका सेवा र विशेषताबारे हाम्रो पात्रोकी डाईरेक्टर अफ मिडिया रिलेसन्स एण्ड कन्टेन्ट सुदिना गौतमसँग मेरोन्यूजले गरेको कुराकानी :
टेलिमेडिसिन : डाक्टरसँग अपोइण्टमेण्टसँगै कन्फ्रेरेन्स
नेपालका दुर्गम गाउँहरूमा डाक्टर उपलब्ध नहुने समस्या छ । ससानो शारीरिक समस्या देखा पर्दा डाक्टरसँग परामर्श लिन कठिनाइ हुने गरेको छ । झन् औषधि किन्नका लागि टाढा टाढा धाउनु पर्ने बाध्यता छ । हेल्थ पोष्ट वा जिल्ला अस्पताल पुगे पनि घण्टौ लाइनमा बस्नु पर्ने बाध्यता रहँदै आएको छ । तिनै विकट गाउँका मानिसहरूलाई प्राथमिकता दिँदै हाम्रो पात्रोले हालै टेलिमेडिसिनको सेवा प्रदान गर्न सुरु गरेको छ ।
‘हाम्रो पात्रो हेल्थ’ टेलिमेडिसिनअन्र्तगत डाक्टरसँग अपोइण्टमेण्टसँगै कन्फेरेन्स कलको सुविधा प्रदान गरेको छ । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूबारे घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने छ । कसैलाई कुनै स्वास्थ्य समस्या आइपरे डाक्टरसँग अपोइण्टमेण्ट लिएर कुराकानी गर्न सकिने छ । बिरामी वा बिरामीका परिवार, सहयोगीले डाक्टरसँग आवश्यक परामर्श लिन सक्ने छन् ।
हाम्रो पात्रो इंकका फाउण्डर तथा सीईओ उप्रेतीका अनुसार वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शका लागि कन्फरेन्स कलमा बस्न सक्ने छन् । यो सुविधाले प्रयोगकर्ताहरूको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाहरूको समाधान गर्न थप सहयोग पु¥याउने छ । डाक्टरको विशेषज्ञता र अनुभवको सूची हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न सकिने छ ।
डाक्टरले आफ्नो अनुभवका आधारमा एपमा आफ्नो सेवा शुल्क निर्धारण गर्न सक्ने छन् । डाक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीका लागि उपलब्ध हुने समय तालिका उपलब्ध गराउँछन् । सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधिभित्र निःशुल्क फलो–अपको सुविधा प्रदान गरिएको छ । यसका साथै बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्ने छन् ।

व्यस्त दिनचर्याले आफ्नो स्वास्थ्यका लागि समय दिन नभ्याउनेलाई यो सुविधा बहुउपयोगी छ । स–साना स्वास्थ्य समस्या तथा जिज्ञासा मेटाउन समय र खर्च गर्नु पर्ने बाध्यतालाई यसले समाधान गरेको छ । प्रविधिको सहायताले सुगम र दुर्गम क्षेत्रका नागरिकहरूलाई टेलिहेल्थको सेवा निकै सहयोग बनेको हाम्रो पात्रोकी गौतमले बताइन् । ‘यो सेवाले खर्च र समयको बचत गरेको छ,’ उनले भनिन्, ‘दुर्गम क्षेत्रमा उचित स्वास्थ्य परामर्शको अभावमा ठूलो संख्यामा जनताहरूले सास्ती झेल्नु परेको छ ।’
सबै नेपालीहरूलाई सहज रूपमा सवास्थ्य परामर्श उपलब्ध गराउने लक्ष्य बोकेर हाम्रो पात्रो एपले हाम्रो हेल्थ सुरु गरेको हो । अहिले यसको सुविधा दुर्गमका बासिन्दाले प्रयोग गरिरहेका छन् । घण्टौ लाइनमा बस्नु पर्ने, स्वास्थ्य चौकी, अस्पताल धाउनु पर्ने, धेरै खर्च गर्नुपर्ने बाध्यता हटाइदिएको छ ।
सुरुमा यो सेवा लिएबापत दुई सय रुपैयाँ तिर्नु पर्ने व्यवस्था गरिएको थियो । अहिले पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । हाम्रो पात्रोले डाक्टरलाई परामर्श दिए बापत पाँच सय रुपैयाँ शुल्क तिर्ने गर्छ । प्रयोगकर्ताहरूको मागलाई ध्यानमा राखेर यो सेवा सुरु गरिएको हो ।
अबको केही समयभित्रै फार्मेसी, ल्याबोरेटरीसँग समन्वय गरेर बिरामीहरूलाई औषधि पनि प्रदान गर्न मिल्ने सुविधा ल्याउने कम्पनीले तयारी गरेको छ । विशेषग दुर्गम क्षेत्रहरूलाई प्राथमिकतामा राखेर यो सेवा ल्याएको गौतमले बताइन् ।
विश्वभर फैलिँदै एप
‘हाम्रो पात्रो रेमिट्’ले रेमिट्यान्स पठाउन मिल्ने सुविधासमेत प्रदान गर्दै आएको छ । अमेरिकामा बस्ने नेपालीहरूले हाम्रो पात्रो रेमिटमार्फत रेमिट्यान्स पठाउन मिल्ने सुविधा प्रदान गर्न थालेको एक वर्ष पुग्दै छ । नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर सुरु गरेको यो सेवा छोटो समयमै अत्यन्त धेरै रुचाइएको छ ।

त्यही उत्साहले अब जापान, अष्ट्रेलियालगायत खाडी मुलुकहरूमा पनि सेवा विस्तार गरिएको छ । अरुभन्दा राम्रो दर दिने भएकाले छोटो समयमै यसले प्रयोगकर्ताको मन जित्न सफल भएको छ । ‘हामीप्रति प्रयोगकर्ताको विश्वास छ,’ गौतम सुनाउँछिन्, ‘हाम्रो पात्रो रेमिट् सुरक्षित पनि छ ।’ अमेरिकामा बस्ने नेपालीहरूले एक महिनामै हाम्रो पात्रो रेमिट्मार्फत १० करोड रुपैयाँ नेपाल पठाएको उदाहरण रहेको छ ।
पड्काष्टको सुविधा
नेपाली पड्काष्टरहरूले हाम्रो पात्रोमार्फत आफ्नो पड्काष्ट पनि राख्न सक्छन् । अहिले बोजुबजै, सञ्जय गुप्ता सिलवाल, शिवानी न्यौपानेलगायतको पड्काष्ट हाम्रो पात्रोमार्फत सुन्न सकिन्छ । हाल नेपालका विभिन्न अनलाइन, रेडियो तथा अन्य मिडियाहरू यसमार्फत पढ्न, हेर्न सकिन्छ ।
विदेश बस्ने नेपालीले गिफ्ट दिन मिल्ने
नेपालबाहिर बस्ने नेपालीहरूले नेपालमा बस्ने आफन्तका लागि मोबाइलमा रिचार्ज गर्न सक्छन् । यदि, कसैको जन्मदिन परेमा, बुबाको मुख हेर्ने दिन, आमाको मुख हेर्ने दिन, भाइटीका, विभिन्न वार्षिकोत्सव र अन्य विशेष अवसरमा विभिन्न गिफ्टहरू पठाउन सक्छन् ।
हाम्रो पात्रोले रिचार्ज र गिफ्ट सेवाबाट राम्रो प्रतिक्रिया पाएको छ । विदेशमा बस्नेले अर्डर गरेको २४ घण्टाभित्र सर्भिस दिने व्यवस्था रहेको छ । हाम्रो पात्रोका अनुसार अब छिटै नै मुख्य शहरमा यो सुविधा विस्तार गर्ने योजना रहेको छ ।
ज्योतिष सेवा
हाम्रो पात्रोले प्रदान गर्ने सेवामध्ये ज्योतिषी सेवा सबैभन्दा बढी लोकप्रिय छ । हरेक दिन राशीफल लेख्नकै लागि एक जना पूर्ण कालीन ज्योतिषको व्यवस्था गरिएको छ । अन्य २० जना ज्योतिषिहरूले लेखहरू लेख्न काम गर्दै आएका छन् ।
हाम्रो पात्रोले ज्योतिषी भिडिओ परामर्श सेवासमेत प्रदान गर्दै आएको छ । यो सेवा लिनका लागि नेपालमा बस्नेहरूले ७५० रुपैयाँ तिर्नु पर्ने छ । नेपाल बाहिर बस्नेहरूलाई फरक शुल्क तोकिएको छ । ‘यसमा हामीले अप्रत्याशित रुपमा सफलता पायौँ,’ गौतम भन्छिन् ‘नेपालीहरूले डाक्टरभन्दा ज्योतिषमा बढी विश्वास गरेको पायौँ ।’
प्रयोगकर्ताको माग र आवश्यकतालाई हाम्रो पात्रोले उच्च प्राथमिकतामा ध्यान दिएको छ । प्रयोगकर्ता किन्न सकिँदैन । त्यसैले प्रयोगकतालाई खुसी बनाउनु कम्पनीको लक्ष्य रहेको मार्केटिङ हेड गौतम बताउँछिन् । हाम्रो पात्रोको आफ्नै आइटी टिम, कन्टेन्ट क्रियटर, डिजाइनर र टीभीसी बनाउने टिम गरी ७० जना कर्मचारी रहेका छन् । झण्डै १० जना काम सिकिरहेका छन् ।
















कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया