दुईपटक मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नु पर्छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नु पर्ने प्रस्ताव गरेका छन् । उनले एकपटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटकभन्दा सांसद हुन नपाउने व्यवस्थाबारे प्रस्ताव राखेका हुन् ।
‘एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनु पर्यो,’ उनले भने, ‘राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबारबाटै हुनु पर्छ, मैले त भन्ने गरेको छु राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनु हुन्न ।’
शनिबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गरे । उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए ।
महामन्त्री शर्माले युवाका लागि लोकतन्त्र र विकास अनिवार्य रहेको बताउँद मुलुकमा काम भइरहेको दाबी गरे । उनले जनताको सेवालाई सहज बनाउन सरकारले ध्यान केन्द्रीत गर्नु पर्ने आवश्यक रहेका बताए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया