कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय मङ्गलबार
मेरोन्यूज
२०७९ भदौ ५ गते १९:२७
काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार सुनाउने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो ।
कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।
सम्बन्धित

















बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
बुधवारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बङ्गलादेशका प्रधानमन्त्री रहमान र नेपालका परराष्ट्रमन्त्री शर्मा बिच भेटवार्ता, निर्वाचन सफलताको कामना
आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन खेल हुँदै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया