देशभर चार जनाको शव भेटियो
मेरोन्यूज
२०७९ भदौ ५ गते १९:४०
काठमाडौँ । कास्की, अर्घाखाँची, बाँके र रसुवामा चार जना मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका २५ हेम्जा सयपत्री टोल नजिकै खेतमा माछापुछ्रे गाउँपालिका ६ धिताल बस्ने ८४ वर्षीय दुर्गे परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अर्घाखाँचीको सितगंगा नगरपालिका ११ गुन्द्रुकखोलास्थित गैरे सामुदायिक वनमा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १८ लग्धवा गाउँस्थित कच्चि बाटोको बीचमा रहेको पानी जमेको खाल्डोमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ दोक्लाङस्थित जंगलमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

















15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
रास्वपाकी मधेश प्रदेश संस्थापक सभापतिले छोडिन् पार्टी
अण्डाको मूल्य बढ्यो
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया