नारायणी क्षेत्रमा टिभिएसले गर्यो राइड आयोजना

काठमाडौं । लोकप्रिय टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड आयोजना गरेको छ । भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्स प्रा. लि. बाट सौराहाको होटल पार्क ल्याण्ड सम्म टिभिएसले राइडरको आयोजना गरेको हो । त्यस क्रममा ४० जना राइडर सहभागी थिए ।
सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी राइडरलाई दिएका थिए । ‘हामीले सडक सुरक्षा सम्वन्धी थप जानकारी दिने मौका पाएका छौं । यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’रानाले भने ।
ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तब्य राखेका थिए । उनले अन्य व्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टिभिएसले गरेकोमा खुशी ब्यक्त गरे ।

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई मन पराएका छन् ।
यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने तयारी टिभिएसले गरेको छ ।
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम रहेको जनाएको छ ।















मधेसका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
PM Karki extends best wishes on Sonam Lhosar
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया