सोमबार, वैशाख १४, २०८३

कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्‍याएँ भनेर हुन्छ ?’

मेरोन्यूज २०८२ माघ २ गते १८:१८

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश संकटमा परेको बेलामा नेपाली कांग्रेसको विभाजन हुनु दुखद् भएको बताएका छन्।

Advertisement
NiccNicc

शुक्रबार राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले देशका लागि लड्नुपर्ने बेलामा अनावश्यक लडाइँ गरेर पार्टी फुटाइएको अभिव्यक्ति दिए । ‘नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु लोकतन्त्रका लागि दुखद् हो। कांग्रेसका नेताहरू जानिबुझीकन किन यस्तो गरिरहेका छन् म आश्चर्यचकित छु। यस्तो बेलामा देशको लागि लड्नुपर्छ, तर कांग्रेस अनावश्यक लडाइँ गरेर पार्टी फुटाउने अवस्थामा पुगेको छ। कसले गराइरहेको छ यी काम?’ उनले भने ।

ओलीले कांग्रेसले नियमित महाधिवेशन नगरी विशेष महाधिवेशन किन गरेको हाे भन्दै प्रश्न गरे । ‘चार–पाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिएको थियो। बैठक कसले बोलाउने भन्ने पनि तय होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? बहुमत र अल्पमत टुङ्ग्याउने पनि तय होला। कसैले सडकमा बहुमत पुर्‍याएँ भनेर हुन्छ?’ उनले भने ।

प्रतिक्रिया