नेपाली नर्स बेलायतमा काम गर्न जान पाउने, दुई देशबीच सम्झौता
मेरोन्यूज
२०७९ भदौ ६ गते १६:०६

काठमाडौँ । नेपाल र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।
सोमबार भएको सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् ।
बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी दिने सम्बन्धी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको उपस्थिति थियो ।
समझदारी पत्रमा भएको हस्ताक्षरसँगै नेपाली नर्सहरू विधिवत रुपमा बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्न जान पाउने भएका छन् । बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया