जापानी प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनी एकान्तवासमा बसेका छन् ।
मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ वर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए ।
उनलाई भेट्न आएका व्यक्तिबाट उनमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उनका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन् ।
कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उनको सचिवालयले जनाएको छ । उनी आगामी अगष्ट ३० सम्म एकान्तवासमा बसेका छन् । उनले कोरोना भाइरसविरुद्धको चौथोपटकको खोप पनि लगाइसकेका छन् ।
जापानमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि अत्यधिक फैलिएको छ । दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । सरकारले कारोना भाइरसविरुद्धको खोप लगाउने अभियानलाई तिव्रताका साथअगाडि बढाइरहेको छ ।
त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमण न्युनीकरणका लागि अपनाउनु पर्ने उपाय कडाइका साथ लागू गर्न पनि सरकारले अनुरोध गर्दै आएको छ ।











उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया